Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

बाढीले क्षतिग्रस्त बनेको त्रिशुली माविका बाँकी रहेका २ बसमा तोडफोड

सोमवार , भाद्र १५, २०८३

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेको नुवाकोटको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका बाँकी रहेका २ वटा बसमा पनि अमानवीय रुपमा तोडफोड गरिएको छ ।

बाढीको चपेटामा परेको त्रिभुवन माविका सम्पूर्ण भौतिक संरचना बगएरमा परिणत भएपछि विद्यालयका भौतिक सम्पतिको नाममा २ वटा बस मात्रै बाँकी रहेका थिए ।

ती बसलाई विदूर नगरपालिका- २ कोलोनिस्थित प्लास्टर एरियामा पार्किङ गरि राखिएका बसमाथी राती ढुङ्गामुढा गरिएको र त्यसबाट बसका सिसा फुटेको प्रधानाध्यापक राजेन्द्र दवाडीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

यस घटनाबाट दुःखी बनेका प्रधानाध्यापक दवाडीले सामाजिक सञ्जालमार्फत आक्रोश र पीडा पोखेका छन्।

उनले लेखेका छन्, ‘भौतिक सम्पत्तिको रूपमा बचेका दुईवटा बसमध्ये पार्किङ गरिराखेको बसमा ढुंगा हानेर यस्तो हालत बनाइएको छ। यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व हो भन्ने बुझौँ, धेरै रिस नगरौँ।’

सम्बन्धित समाचार