Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

इरानले यूएईमा गरेको हवाई आक्रमणमा एक नेपालीसहित ३ जनाको मृत्यु

आइतवार , फाल्गुण १७, २०८२

इरानले यूएईमा गरेको हवाई आक्रमणमा परी एक जना नेपालीसहित ३ जनाको मृत्यु भएको छ । 

आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक–एक नागरिकको मृत्यु भएको यूएईको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । आक्रमणमा युएईमा विभिन्न देशका ५८ जना समान्य घाइते भएको जनाइएको छ । 

यूएईको रक्षा मन्त्रालयले नेपालसहित तीन देशका तीन जना नागरिकको ज्यान गएको जानकारी दिए पनि उनीहरुको मृत्यु कहाँ ? कसरी भयो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन् । 
 
यूएइस्थित नेपाली राजदूतावास स्रोतका अनुसार एक नेपालीको मृत्यु भएको जानकारी आएको र मृत्यु भएका व्यक्तिको परिचय बारे थप बुझ्ने प्रयास भैरहेको छ । 

सम्बन्धित समाचार