अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि हवाई आक्रमण सुरु गरेका छन् ।
इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ भन्दै इरान समर्थित सैन्य संरचना, हतियार भण्डारण केन्द्र तथा रणनीतिक आधारहरू निशाना बनाइएको उल्लेख गरेका छन् ।
आक्रमणमा परी इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब सहरमा रहेको एक प्राथमिक विद्यालयका पाँच जना विद्यार्थीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानले पनि जवाफी रुपमा इजरायलल र मध्यपूर्वमा अमेरिकाका सैन्य बेस क्याम्पहरुमा आक्रमण गरिरहेको जनाइएको छ ।
अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानको राष्ट्रिय सुरक्षा तेहरानका बासिन्दालाई राजधानी छाड्न आग्रह गरेको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राख्दै सम्भव भएसम्म र शान्ति कायम राख्दै अन्य स्थान र सहरहरूतर्फ यात्रा गर्न अनुरोध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।