पाकिस्तान र अफगानिस्तानबीचको जारी द्धन्द्धका कारण ३ सय भन्दा बढी व्यक्ति मारिएका छन् ।
पाकिस्तानी आक्रमणबाट २७४ जना तालिबानी लडाकु मारिएको पाकिस्तानी सेनाका प्रमुख प्रवक्ता अहमद सरीफ चौधरीले दाबी गरे । उनका अनुसार ४ सय भन्दा बढी घाइते भएका छन् । उनले द्धद्धमा परी १२ जना पाकिस्तानी सेवा मारिएका र २७ जना घाइते भएको बताएका छन् ।
अफगान तालिबान शासनले सीमाको १५ क्षेत्रका ५३ इलाकामा गोलाबारी गरेको उनको दाबी छ । यसको जवाफमा पाकिस्तानले काबुलसहितका प्रान्तहरुमा हवाई हमला गरेको हो । उता तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको टेलो न्युजले जनाएको छ ।
यसरी दुवै पक्षको दाबी अनुसार ३ सय भन्दा बढी व्यक्ति मारिएको रिपोर्ट गरिएको छ । भारतले पाकिस्तानको आक्रमणको निन्दा गर्दै अफगानिस्तानको समर्थन गरेको छ भने चीन, रुस, मलेसिया, टर्की लगायतका देशहरुले भने शान्तिपूर्ण समाधानमा जोड दिएका छन् ।
दुवै देशबीच द्धन्द्ध जारी रहेकाले स्थिति थप जटिल बनेको छ ।