प्रियंका कार्कीको फिल्म मास्टर्नी १६ वर्ष मुनिका बालबालिका तथा किशोर किशोरीले हेर्न नपाउने भएका छन् ।
केन्द्रिय चलचित्र जाँछ समिती (सेनसर बोर्ड) ले एडल्ट सर्टिफिकेट दिएपछि बालबालिकाले मास्टर्नी हेर्न नपाउने भएका हुन ।
मास्टर्नी दुर्गेश थापाले कम्पोज गरेको प्रमोसनल गीत विवादमा तानिएको थियो । गितमा प्रियंकाको अभिनय र दोहोरो अर्थ लाग्ने म्याथ सिक्ने लगाएतका शब्दलाई लिएर शिक्षक महासंघले आपत्ति जनाउनुको साथै चौतर्फी विरोध भएपछि युट्युबबाटै हटाउनु परेको थियो ।
शिक्षालाई केन्द्रमा राखेर निर्माण गरिएको मास्टर्नीमा अभिनेत्री कार्कीसँगै आर्यान सिक्देल, सरोज खनाल, अनुपविक्रम शाही, गौरी मल्ल, ऋचा शर्मा, प्रमोद अग्रहरी लगाएत कालाकारहरुको अभिनय रहेको छ ।
शुबेन्धु घोसको निर्देशनमा निर्माण भएको मास्टर्नी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।