Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

भारतीय गायिका आशा भोसलेको निधन

आइतवार , चैत्र २९, २०८२

प्रसिद्ध भारतीय पार्श्वगायिका गायिका आशा भोसलेको निधन भएको छ । 

शनिबार मुम्बईको ब्रीच क्यानडी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । ९२ वर्षीया भोसलाई हृदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । भोस संगीत जगतकी एक अद्धितिय स्वरकी धनी थिइन् । उनको संगीत बाल्य यात्रादेखि नै सुरु भएको थियो । 

उनका पिता दिनानथ मंगेशकर संगीतका ज्ञाता थिए । उनी चर्चित गायिक लता मङ्गेश्करकी बहिनी हुन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ । 

आशाले मोहनी लाग्ला है, पहाडको माथिमाथि, दियो बाली साँझको, गैरि खेतको शिरै हान्यो, एउटा मान्छे मनपर्छ बोल्दै सक्दिन, तिमी मेरो म तिम्रो लगायतका कैयौं नेपाली गीतहरु गाएकी थिइन् । 

 

सम्बन्धित समाचार