Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

राजनीति

कांग्रेसले सरकार बनाए सबै भन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने उनको भनाई

शुक्रवार , फाल्गुण १५, २०८२

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भए सबैभन्दा पहिला निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन हुने दाबी गरेका छन् । 

आज पोखरामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव पछि कांग्रेसको नेतृत्वमा सरकार बनेमा सबै भन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति छानबिन गर्ने बताए । 

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने उनको भनाई रहेको छ । 

कांग्रेसको पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्ने र २०४६ साल यता प्रधानमन्त्री भएका देउवा र मन्त्री भसेको आफ्नो सम्पत्तिबाटै सबै भन्दा पहिला छानबिन सुरु गरिने उनले बताए । 

उनले भने, “देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानबिन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ । र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न ।”

देश एक्लै बनाउन र चलाउन सकिने चिज नभएकाले सबैलाई समेटेर बनाउनु पर्ने र त्यो काम पनि नेपाली कांग्रेसले गर्न सक्ने भन्दै उनले आउँदो चुनावमा कांग्रेसलाई भोट दिएर बहुमत पुर्याउन अपिल समेत गरे । 

 

सम्बन्धित समाचार