Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ग्यासको विक्री वितरण सहज बनाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

बुधवार , श्रावण २७, २०८३

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले खाना पकाउने ग्यासको विक्री वितरण सहज बनाउन सरकारलाई रुलिङ गरेका छन् ।

संसद र जनस्तरबाट व्यापक गुनासो आएको भन्दै अध्यक्ष दाहालले बुधबार बसेको बैठक मार्फत ग्यास वितरण सहज बनाउन सरकारलाई रुलिङ गरेका हुन् ।

"शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण, जनताले भोग्नु परेको समस्या उठाइरनु भएको छ ।

साथै जनस्तरबाट समेत व्यापक जनगुनासो सुनिन आएकोले सहज रुपमा ग्यासको आपूर्ति तथा विक्रीवितरण गर्न, गराउनको लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन गर्दछु," अध्यक्ष दाहालले भने ।

पछिल्लो केही दिनयता खाना पकाउने ग्यासको चरम अभावका कारण नागरिकहरुले सास्ती ब्यहोर्नु परिरहेको छ ।

सम्बन्धित समाचार