सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छिमेकी मुलुक चीनले ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । बैठकले नगद अनुदान सहायता स्वरुप चीनबाट प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।
प्रवक्ता अर्यालका अनुसार मन्त्रीपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णयका साथै प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकका ७ निर्णयः
१. प्रतिनिधि सभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदा सहायता स्वीकार गर्ने निर्णय ।
२. चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलासयुक्त जलविद्युत आयोजनाको वित्तिय लगानी ढाँचा स्वीकृत गर्ने,
३. काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकार भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्त अदालत काठमाडौंको अध्यक्ष तोक्ने,
४. बीमा ऐन, २०७९ को दफा १४० बमोजिम कसुर सम्बन्धी मुद्धाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने,
५. विक्रम संवत् २०८३ साल बैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरी दिइने सार्वजनिक विदा निर्धारण गर्ने,
६. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने,
७. जेनजी परिषद् गठन गर्ने,