Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

९ विधेयक संसदमा पेश गर्नेसहित यी हुन मन्त्रीपरिषद् बैठकका निर्णय

बुधवार , श्रावण १३, २०८३

सरकारले ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्नको लागि स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू:

१. निम्न विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने,

- संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धि ऎन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक,

- खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक,

- संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

- राहदानी ऎन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,

- मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

- बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक,

- आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

- मेलमिलाप सम्बन्धी ऎन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक,

- कर्मचारी सञ्चय कोष, २०१९ लाई संशोधन गर्न बनेको विधेयक,

२. शुद्धीकरण विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने,

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऎडराज दाहाल (सिन्धुली) लाई नियुक्त गर्ने,

४. शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने,

सम्बन्धित समाचार