Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त

मंगलवार , श्रावण १२, २०८३

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख योज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सभा दलका नेता समेत रहेका शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा (एमाले) को समर्थनमा शाहीले आज अपरन्ह ५ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदमा आफूलाई नियुक्ति गर्न दाबी पेश गरेका थिए ।

नेकपा एमाले र नेकपाले प्रदेशमा सरकार निर्माण गर्न गठबन्धन गर्ने सम्झौता पत्रमा हस्तान्तरण गरेसँगै कर्णालीको नेतृत्व नेकपाको भागमा परेको थियो ।

FB_IMG_1785249111388.jpg

सम्बन्धित समाचार