सर्वाेच्च अदालतले उद्यमी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गोल्छाकी श्रीमती सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वाेच्चका न्यायायधीशद्धय महेश पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकृतले थुनामा राख्न अनुमति दिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरिदिएको हो ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई गत बैशाख ११ गते पक्राउ गरेको थियो ।