Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

शनिवार , बैशाख १९, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । 

विशेष दूत गोरले शनिबार सामाजिक सञ्जाल एक्स मार्फत् रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् । भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको साझेदारीलाई थप सुदृढ बनाउने विषयमा केन्द्रीत रहेर छलफल भएको गोरले जानकारी दिएका छन् । 

भेटका क्रममा राजदूत गोरले नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि ठूलो जनादेश रहेको उल्लेख गर्दै सरकारद्धारा घोषित सुधारका आयोजना आशा लाग्दा रहेको उल्लेख गरेका छन् । 

तीन दिने नेपाल भ्रमणमा आएका विशेष दूत गोरले यस अघि अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए । नेपालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो अमेरिकाबाट भएको उच्चस्तरीय भ्रमण हो । 

 

सम्बन्धित समाचार