Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

यस्ता छन् मन्त्रीपरिषद् बैठकका ५ निर्णय

मंगलवार , बैशाख ८, २०८३

सरकारले आज बसेको मन्त्रीपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार दिउँसो मन्त्रीपरिषद् बैठक बसेको थियो । बैठकले तीन वटा ऐन संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । 

हेर्नुहोस् मन्त्रीपरिषद् बैठकका ५ निर्णयः 

  • नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा अर्थ सचिव घनश्याम भुसाल र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने, 
  • नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने, 
  • प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, 
  • मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, 
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्त र मनोनयन गर्ने, 

सम्बन्धित समाचार