काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।
आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले ५ प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छ्न् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की मातृशोकमा रहेको र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारको लागि देश बाहिर रहेकोले सरकारमा सहभागी भएनन् ।
प्रधानमन्त्री शाहले मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।