Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

सरकारले सार्वजनिक गर्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा (पूर्णपाठसहित)

मंगलवार , बैशाख १, २०८३

 सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक गरेको छ । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलहरुका घोषणा पत्र–वाचापत्र–प्रतिबद्धतापत्रका आधारमा तयार पारेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सरकारले सार्वजनिक गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेवसाइटमा सुझावका लागि सार्वजनिक गरिएको यो मस्यौदा सम्बन्धी राजनीतिक दलहरुबाट बैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । 

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको चैत्र १३ गते बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले शासकीय सुधार सम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको थियो । सो कार्यसूचीको बुँदा नम्बर ३ मा भएको व्यवस्था बमोजिम सरकारले यो प्रतिबद्धता सुझावका लागि सार्वजनिक गरेको हो । 

सरकारद्धारा सार्वजनिक यस राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतमा रहने गरी एक सरकारी संरचना तयार पारिएको उल्लेख गरिएको छ । 

 

सम्बन्धित समाचार