गैर आवासीय नेपाल संघ (एनआरएनए) र काठमाडौं इन्स्टिच्युड अफ चाइल्ड हेल्थ (केआईओसीएच) बीच नेपालमा बाल स्वास्थ्य सेवाको सुधारका लागि सहकार्य सम्झौता सम्पन्न भएको छ।
आइतबार भएको सम्झौता पत्रमा केआईओसीएचका तर्फबाट अध्यक्ष प्रो. डा. भगवान कोइराला र एनआरएनएको तर्फबाट अध्यक्ष हेमराज शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनआरएनए र केआईओसीएचलाई विश्वभरी रहेका नेपाली डायसपोरासँग जोडेर ज्ञान, सीप र प्रविधि आदान–प्रदान गरिनेछ ।
साथै आवश्यक बाल चिकित्सा उपकरण तथा सर्जिकल सामग्री उपलब्ध गराउने र आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको उपचारमा सहयोग गरिनेछ ।
दुवै संस्थाबीच अपसी समझदारी अनुसार थप सहकार्यका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ । यस सहकार्यले नेपालमा बाल स्वास्थ्य सेवाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

