Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एनआरएनएले गर्यो १ करोड हस्तान्तरण

सोमवार , भाद्र १५, २०८३

हस्तान्तरण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्रीसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो।

गैरआवासीय नेपाली संघका पदाधिकारी तथा अभियन्ताहरू र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी), बाट संकलित रकममध्ये संघले पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको हो।

गत बुधबार रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ९ सय भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । बाढीपीडित हरुको राहत, उद्दार तथा पुनः स्थापनाको लागि सरकारले सबै सुरक्षा निकायलाई परिचालन गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, व्यवसायी, व्यक्ती, कलाकार सहित विदेशबाट पनि राहत सामग्री र सहयोग आइरहेको छ ।

सम्बन्धित समाचार