प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई बर्खास्त गरेका छन् ।
रास्वपाको केन्द्रीय अनुशासन आयोग र पार्टी सभापति रवि लामिछानेको सिफारिसपछि प्रधानमन्त्री शाहले मन्त्री साहलाई बर्खास्त गरेका हुन् । पार्टी आचारसंहिता र अनुशासन विपरित काम गरेको पाइएपछि रास्वपाले मन्त्री साहलाई हटाउन सिफारिस गरेको हो ।
मन्त्री साहले पत्नी जुनु श्रेष्ठलाई स्वास्थ बिमा बोर्डको सदस्यमा पुनः नियुक्त गर्ने विवादीत निर्णय गरेका थिए । मन्त्री साहको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्री साहले हटाएका हुन् ।
यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी वहन गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सभापति लामिछानेले स्वास्थ तथा जनसंख्या मन्त्री निशा मेहतालाई सेचत गराउन प्रधानमन्त्री शाह समक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीले मन्त्री मेहतालाई सचेत गराइसकेको जनाइएको छ ।
मन्त्री साहलाई बर्खास्त गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफै राखेका छन् ।