Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

रानजनीतिक कोटामा नियुक्त ६ राजदूतलाई फिर्ता बोलाईयो

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । काठमार्डौ सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ६ राजदूतलाई फिर्ता बोलाउने निणय पुष्टि गरेका छन् ।  

सरकारले राजनीतिक कोटामा नियुक्त भारत, अष्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा रहेका नेपाली राजदूतलाई बोलाएको हो ।

राजनीतिक कोटामा नियुक्त भई चित्रलेखा यादव (अष्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुप्रिम तुलाधर (डेनमार्क), शिवमाया तुम्वाहम्फे (दक्ष्णि कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादर नेपाली (श्रीलंका) मा कार्यरत छन् । 

गत आइतबार चैत्र २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले राजनीतिक कोटाबाट नियुक्त ६ राजदूतलाई फिर्ता बेलाउने निर्णय गरेको थियो । सोही आधारमा परराष्ट्र मन्त्रालयले उनीहरुलाई एक महिनाभित्र फर्किन भन्दै चैत्र २३ मा पत्र पठाएको छ । 


 

सम्बन्धित समाचार