Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

आाज जिल्ला अदालत काठमाडौंले ओली र लेखकविरुद्ध म्याद थप गर्दै ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गठित जाँचुबझ आयोगको सिफारिसको आधारमा गृहमन्त्रालयको निर्देशनमा यही चैत्र १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । 

स्वास्थमा समस्या देखिएपछि ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई हिरासतमा राखिएको छ । ओली र लेखकविरुद्ध पहिलो पटक जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको थियो । 

ओली र लेखकलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वाेच्च अदालतमा समेत बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आज यस रिट हेर्दाहेर्दैमा राखिएको थियो । अब बाँकी सुनुवाई भोली हुने भएको छ । 

 

सम्बन्धित समाचार