प्रतिनिधि सभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याललाई सभाामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुख पदमा गत शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालका रहेको थियो । सोही दिन अर्यालको मात्रै उम्मेदवारी परहेको थियोे ।
रास्वपाका सभापति समेत रहेका सांसद रवि लामिछानेले अर्याललाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायात एवम् सहकारी विकास मन्त्री सुनिल लम्सालले सर्थन गरेका थिए ।
प्रतिनिधि सभामा रास्वपा दुई तिहाई नजिक रहेकाले अन्य दलले सभामुख पदमा दाबी पेश नगरेका हुन् । अर्याल काठमाडौं– ९ बाट रास्वपाको तर्फबाट प्रत्यक्षमा निर्वाचित भएका थिए । उनी पार्टीको संस्थापक उपसभापति समेत हुन् ।
जेष्ठ सदस्य केसीले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुको साथै उनलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना प्रदान गरे । प्रतिनिधि सभाको अर्काे बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।