कलाकार सागर लम्साल बले पक्राउ परेका छन् ।
बलेलाई प्रहरीले शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठको कपन बालुवाखानीबाट पक्राउ गरेको हो । गम्भीर विषयमा उजुरी परेका कारण बलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।
अमेरिकमा बस्ने एक युवतीले बलेमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी थिइन् ।