रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नेपाली परिवारलाई सहयोग गर्ने उद्देश्यले भारतीय अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन्।
नेपालमा आएको विनाशकारी बाढीपछि उनले यसअघि नै सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई साथ दिने र राहत सहयोग लिएर आउने प्रतिबद्धता जनाएका थिए।
नेपाल बसाइका क्रममा सूदले बाढी प्रभावित परिवारसँग भेटघाट गर्ने र राहत तथा आवश्यक सहयोगमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि पीडितहरूका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ।
यसअघि सूदले नेपालप्रति ऐक्यबद्धता जनाउँदै खाद्यान्न, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने बताएका थिए ।