Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी

शुक्रवार , चैत्र २०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेवादी दर्ता गराएका छन् । 

शुक्रबार सिंहदरबारमा पुगेर अर्यालले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा उपसभापति एवम् अर्थमन्त्री स्वर्णीम वाग्ले, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र भौतिक पूर्वाधार मन्त्री सुतिल लम्साल रहेका छन् । 

रास्वपा दुई तिहाई नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित् छ । आज साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ । 

यदि विपक्षी दलहरुले सभामुख पदका लागि उम्मेदवारी दिए आइतबार सभामुखको निर्वाचन हुने कार्यतालिका छ । अरुको उम्मेदवारी नपरे अर्यालनै सभामुखमा निर्विरोध हुनेछन् । 

 

सम्बन्धित समाचार