Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभामा पेश गरे ३ अध्यादेश

बिहिवार , चैत्र १९, २०८२

गृहमन्त्री सुदन गुरुङले प्रतिनिधि सभाको बसेको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गरेका छन् । 

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरुले मन्तव्य राखिसकेपछि गृहमन्त्री गुरुङले “मतदाता नियमावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” पेश गरेका हुन् । 

नेपालको संविधानको धारा ८४ को उपधार (२) बमोजिम समानुपातिकको बन्द सूचीमा समावेश गराउनु पर्ने जनसंख्याको आरक्षणका लागि अध्यादेशबाट कानून संशोधन गरिएको थियो । 

गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतबाट गृह मन्त्रालय अन्तर्गत राख्न “नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश” जारी भएको जानकारी दिए । 

प्रतिनिधि सभाको अर्काे बैठक यही चैत्र २२ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ । 

 

सम्बन्धित समाचार