प्रतिनिधि सभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको हलमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा जेष्ट सदस्य वा सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।
त्यस्तै गृहमन्त्री सुदन गुरुङले “मतदाता नियमावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२” र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” प्रतिनिधि सभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउँसो २ बजे नै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।