Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

बादल बने एमाले संसदीय दलको नेता

बुधवार , चैत्र १८, २०८२

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भएका छन् ।

बुधवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । बादल एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएका थिए । 

एमाले संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए, तर अन्तिममा आएर उनी पनि फिर्ता भए । निर्विरोध रुपमा दलको नेता चयन भएका बादललाई नेता सुवाङले खादा लगाएर बधार्ई समेत दिएका छन् । 

प्रतिनिधि सभामा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जितेर तेस्रो दल बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेता चुनावमा पराजित भएपछि माओवादी पृष्ठभूमिका बादलले एमाले संसदीय दलको नेता बन्ने मौका पाएका हुन् । 

 

सम्बन्धित समाचार