Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

काठमाडौंका पूर्व सीडिओ छवि रिजाल पक्राउ

मंगलवार , चैत्र १७, २०८२

 काठमाडौंका पूर्व सीडिओ छवि रिजाल पक्राउ परेका छन् । 

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । जेजनी आन्दोलनको क्रममा रिजला काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । 

भदौ २३ गते भएको जेनजी आन्दोलनमा रिजालले प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ । जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गौरिबाहदुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले सिडियो रिजालसहितलाई समेत कारबाहीको सिफारिस गरेको थियो । 

आयोगको सिफारिसकै आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । 

सम्बन्धित समाचार