Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

अमेरिकाको ‘रेमी अवार्ड’ को लागि फिल्म ‘आँखा’ मनोनित

सोमवार , चैत्र १६, २०८२

जौन यौञ्जनद्धारा निर्देशित नेपाली फिल्म ‘आँखा’ संयुक्त राज्य अमेरिकामा हुने वल्र्ड फेस्टु ‘रेमी अवार्डको’ लागि मनोनित भएको छ । विश्वभरका फिल्म निर्माता र र्सिजनाहरुलाई एकै ठाउँमा ल्याइने यो महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना हुँदैछ । 

यस अघि फिल्मको ६२ औँ संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टीभलमा उत्कृष्ट फिल्मको उपाधिजितेर ऐतिहासिक सफलता हासिल गरेको थियो । उक्त महोत्सवको सर्वाेच्च सम्मान प्राप्त गर्ने यो पहिलो नेपाली फिल्म थियो । 

यस फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायत कालाकारहरुको अभिनय रहेको छ । फिल्मले सुकुम्बासी बस्तीमा जीवन यापन गरिरहेको सामान्य मानिसहरुको कथा, संघर्ष र यथार्थलाई गहिरो रुपमा चित्रण गरेको छ । आँखा २०८१ असारमा नेपालम प्रदर्शनमा आएको थियो । 

सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पूरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । यो महोत्सव उदाउँदा चलचित्र निर्माताहरुलाई पहिचान दिलाउनका लागि प्रसिद्ध छ । 

 

सम्बन्धित समाचार