Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

सर्वाेच्चले माग्यो ओली र लेखकलाई पक्राउ गर्नुको कारण

सोमवार , चैत्र १६, २०८२

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

ओलीको हकमा आज सर्वाच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलास र लेखकको हकमा सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण र कार्की आयोगको प्रतिवेदन तीन दिन भित्र पेश गर्न सरकारसहित विपक्षीको नाममा आदेश जारी गरेको हो । 

पक्राउको कारण बारे आदेश जारी गरेपनि सर्वाेच्चले ओली र लेखकलाई रिहा गर्न भने अस्वीकार गरेको छ । जेनजी आन्दोलनबारे अनुसन्धान गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ समितिले गरेको सिफारिस कार्यान्वयन गर्ने मन्त्रीपरिषद्को निर्णय गरेसँगै प्रहरीले ओली र लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो । 

ओली र लेखकलाई जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई गैर कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वाेच्चमा ओलीको हकमा उनकी पत्नी राधिका शाक्य र लेखकको हकमा उनकी पत्नीले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । 

 

 

 

सम्बन्धित समाचार