Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

आइतवार , चैत्र १५, २०८२

 गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज प्रहरीले अदालतमा उपस्थित गराउँदैछ । 

बालेन शाह नेतृत्वको जननिर्वाचित सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले जेजनी आन्दोलेनबारे अनुसन्धान गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको सिफारिसको आधारमा शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो । 

हिजो शनिबार अदालत बन्द भएका कारण प्रहरीले आज सरकारी वकिलको कार्यालय माफ्त ओली र लेखकलाई अदालतमा उपस्थित गराउन लागेको हो । उनीहरुलाई ज्यान मुद्दा लगाउने प्रहरीको तयारी छ । 

पक्राउ स्वास्थ परीक्षण गर्दा ओलीको स्वास्थमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने गृहमन्त्री लेखकलाई महाराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ । 

अध्यक्ष पक्राउ भएपछि रिहाइको माग गर्दै उता एमालेले हिजो आन्न्दोलनका कार्यक्रम घोषणा गरेर उपत्यकासहितका देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको थियो । एमाले आज पनि नारा जुलुसहित काठमाडौंका सिडियोलाई ओलीलाई रिहाइन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । 

ओली र लेखकलाई रिहाइको माग गर्दै आजै सर्वाेच्च अदालतमा पनि बन्दी प्रत्यक्षीकरणको रिट दर्ता पनि गरिने जानकारी दिइएको छ । 

सम्बन्धित समाचार