पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीलाई प्रहरी परिसर पद्रकालीबाट स्वास्थ परीक्षणका लागि अस्पताल लगिएको थियो । ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको एनेक्स वान भवनको बेडमा भर्ना गरिएको छ ।
बालेन नेतृवको पहिलो मन्त्रीपरिषद् बैठकले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै गृहमन्त्री सुदन गुरुङको निर्देशनमा प्रहरीले आज बिहान ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।