नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
प्रहरी टोलीले आज बिहान गुण्डुस्थित उनकै निवासबाट ओलीलाई पक्राउ गरेको हो । बिहानैदेखि ओलीको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी पक्राउ गर्न पुगेपछि ओलीले कानून व्यवसायीसँग परामर्श गरेका थिए ।
ओलीलाई जरुरी पक्राउ पुर्जी जारी गरी प्रहरीले पक्राउ गरेको हो । ओलीकै गाडीमा प्रहरीले उनलाई काठमाडौं प्रहरीपरिसर ल्याएको छ । त्यस्तै उता तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।
भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका लेखकलाई प्रहरी टोलीले बिहानै नियन्त्रणमा लिएको हो । जेनजी आन्दोलबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा ओली र लेखकलाई पक्राउ गरिएको हो ।