काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे अनुसन्धान गर्नका लागि बनेको जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगले प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले यो प्रतिवेन सार्वजनिक नगरेपछि चौतर्फी आलोचना भएको थियो ।
सरकारले लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेपछि स्रोतमार्फत् प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकँवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ ।
आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीलाई विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ ।
हेर्नुहोस जाँचबुझ आयोग प्रतिवेदनको पूर्णपाठ: