Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

दावा लामाको उम्मेदवारी तत्काल कायम नगर्न अदालतको अन्तरिम आदेश

शुक्रवार , चैत्र ६, २०८२

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यकारी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दावा लामाको उम्मेदवारी तत्कालका लागि कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले लामाको उम्मेदवारीलाई स्थगन गर्ने गरी यस्तो आदेश दिएको हो । दीपक खड्काले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले विपक्षी दावा लामा विगतमा लागूऔषध मुद्दामा दोषी ठहर भएको देखिएकाले उम्मेदवारी कायम रहने वा नरहने विषयमा छलफल आवश्यक रहेको ठहर गरेको छ । 

अदालतले आगमी चैत्र १० गते दुवै पक्षलाई अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि बोलाएको छ । सो अवधि सम्मका लागि लामाको उम्मेदवारी स्थगन गर्ने गरी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो । 

यस्तै, अदालतले विपक्षी नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र एन्फा लगायतका निकायलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ । यो आदेश सँगै एन्फाको चुनावी प्रक्रियामा नयाँ मोड आएको छ ।

649830280_1433656521108550_8698115603701874436_n_EZNnRTjKSW.jpg

 

 

सम्बन्धित समाचार