प्रधानसेनापति अशोकराज सिग्देलले पूर्व प्रधानसेनापतिहरुसँग छलफल गरेका छन् ।
सैनिक मुख्यालय सैनिक अड्डामा पूर्वप्रधान सेनापतिहरु प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द थापा र प्रभुराम शर्मासँग प्रधानसेनापति सिग्देलले छलफल गरेका हुन् ।
सो भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।