Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

निःशुल्क क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता

मंगलवार , चैत्र ३, २०८२

महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निः शुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारको लागि काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ । 

सोमबार काठमाडौं महानगरपालिकाका स्वास्थ विभागका प्रमुख दीपक कुमार केसी र अस्पतालका निर्देशक प्रा.डा. दीलिप कुमार शर्माबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो ।

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताइन् । अस्पतालका निर्देशक प्रा डा शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने बताए । 

स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनुभएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचार गरिने बताए । 

उनले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने बताए ।  

सम्बन्धित समाचार