सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकलाई न्याय दिनुपर्ने मागसहित आज पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
दलित जेनजी अलाइन्सले इनिशाको न्यायको माग गर्दै आज पनि माइतीघरमा विरोध प्रदर्शन गरेको हो । विद्यालयको ड्रेसमै पर्दशनमा आएका विद्यार्थीहरुले इनिशालाई न्याय दे, लैङ्गिक विभेद अन्त्य गर, अपराधिलाई संरक्षण गर्ने काम बन्द गर, बलात्कारीलाई फाँसी दे, इनिशालाई न्याय दे, दलितमाथि हुने हिंसा बन्द गर लगायतका नारा लेखिएका ब्यानर, पर्चा र पम्पेलेट बोकेका थिए ।
सुर्खेतको विरेन्द्रनगर नगरपालिका– ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
इनिशाले न्याय पाउनु पर्ने भन्दै लगातार देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भैरहेका छन् ।