Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

एनआरएनएको महिला उपाध्यक्षमा राधिका गुरुङ निर्विरोध

बिहिवार , फाल्गुण २८, २०८२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरूङ निर्विरोध चयन भएकी छन्।

फागुन ३० देखि काठमाडौंमा हुने एनआरएनएको १२ औं महाधिवेशनका लागि गुरूङले उपाध्यक्षमा महिला उपाध्यक्षमा उमेदवारी दिएकी थिइन्। महिला उपाध्यक्ष पदमा गुरूङको मात्र उम्मेदवारी परेकाले उनी उपाध्यक्ष निर्विरोध बनेकी हुन्। 

गुरुङले यसअघि एनआरएनएको महिला सचिवको जिम्मेवारी पूरा गरिसकेकी छन्। १० औँ र ११ औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गरेकी हुन्।

झन्डै ३ दशकदेखि हङकङमा बस्दै आएकी गुरुङले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष भई काम गरिसकेकी छन्। उनले एनआरएनएको एसिया–प्यासिफिक संयोजकको जिम्मेवारी पनि पूरा गरिसकेकी छन्।

दुई दशकभन्दा बढी समयदेखि एनआरएनएमा सक्रिय गुरुङ हङकङमा स्थापित व्यवसायी र सामाजिक अभियन्ता हुन्। उनले समुदायको एकता, महिला हक-अधिकार र सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी छन्।

सम्बन्धित समाचार