Oct 23 2026 | २०८३, कार्तिक ७ गते

२०८३, कार्तिक ७ गते

भूकम्प

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

शुक्रवार , कार्तिक ७, २०८३

चीनको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने सिजाङ (तिब्बत) स्वायत्त प्रदेशको नाग्छु सहरस्थित बाकेन काउन्टीमा बिहीबार राति ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

सहरको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार शुक्रबार बिहान २:२५ बजेसम्मको विवरण अनुसार, घाइतेहरूमध्ये ११ जनाको अवस्था गम्भीर छ भने २१ जना सामान्य घाइते भएका छन्।

भूकम्पका कारण ३०० भन्दा बढी घरहरू भत्किएका र भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।

राहत कार्यका लागि भूकम्पको केन्द्रबिन्दुमा ३०० भन्दा बढी प्रहरी अधिकारीहरूलाई खटाइएको र साथै क्षेत्रीय दमकल तथा उद्धार टोलीले प्रभावित क्षेत्रहरूमा ३४७ जना जनशक्ति परिचालन गरिएको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।

सम्बन्धित समाचार