नेपालस्थित अमेरिकी दूतावासले भीसा आवेदन दिँदा नक्कली कागजात पेश नगर्न अनुरोध गरेको छ ।
दूतावासले बिहिवार सामाजिक सञ्जाल मार्फत् भिसा आवेदनमा नक्कली कागजात पेश गरे भविष्यमा अमेरिकी यात्रा गर्ने अवसरलाई जोखिममा पार्न सक्ने चेतावनी दिएको छ ।
नक्कली कागजात बिक्रेताहरु भन्दा आफूहरु एक कदम अगाडी रहेको र नयाँ देखा पर्दै गइरहेका खतराहरु अनुसार आफूलाई तयार पारेको दूतावासको भनाई रहेको छ ।
दूतावासले आवेदकहरुलाई आफ्नो भविष्यमा हुने यात्राका अवसर सुरक्षित राख्न भिसा आवेदनमा सत्य बोल्न र वास्तविक कागजात मात्रै पेश गर्न आग्रह गरेको छ ।
“यदि तपाईहरुले आफ्नो अमेरिकी भिसा आवेदनसँग नक्कली कागजातहरु पेश गर्नू भयो भने तपाई ठगी गर्दै हुनुहुन्छ र आफ्नो भविष्य जोखिममा पार्दै हुनुहुन्छ । हामी नक्कली कागजात बिक्रेताहरु भन्दा एक कदम अगाडी रहन्छौं । र नयाँ देखा पर्दै गइरहेका खतराहरु अनुसार आफूलाई तयार गर्र्छाै । आफ्नो भविष्यका यात्राका अवसरहरु सुरक्षित बनाउनुहोस् । सत्य बोल्नुहोस् र नक्कली कागजातहरु पेश नगर्नूहोस् ,” अमेरिकी दूतावासद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।