Oct 21 2026 | २०८३, कार्तिक ५ गते

२०८३, कार्तिक ५ गते

आईसीसी विश्वकप लिग-२

विश्वकप लिग-२: ओमानलाई १० रनले पराजित गर्दै नेपाल शिर्ष ६ मा

सोमवार , कार्तिक ३, २०८३

आईसीसी विश्वकप लिग- २ अन्तर्गतको आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानमाथी १० रनको जित निकाल्दै शिर्ष ६ मा स्थान पक्का गरेको छ ।

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा २७० रन मात्रै बनाउन सक्यो ।

ओमानका लागि जितेन्द्र सिंह र मोहम्मद मिर्जाले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपनी जितका लागि पर्याप्त भएन ।

सिंहले ८९ तथा मिर्जाले ८७ रनको योगदान दिए । हसनैन शाहले ४९ तथा हसनैन उल वहाबले १५ रन जोडे भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन ।

ओमानलाई रोक्न नेपालका दिपेन्द्र सिंह ऎरी र ललित राजवंशीले समान २/२ विकेट लिए भने नन्दन यादव र सन्दिप लामिछानेले समान एक-एक विकेट लिए ।

त्यस्तै, पहिला ब्याटिङ गरेको नेपालका लागि पूर्व कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऎरी र देव खनालले अर्धशतकीय इनिङ खेले ।

पौडेलले सर्वाधिक ८० रनको योगदान दिँदा ऎरीले ६९ र खनालले ५७ रन बनाए । इशान पाण्डेले २९ तथा बसिर अहमदले १७ रन जोडे।

यो जितसँगै नेपालले महत्त्वपूर्ण २ अंक हात पारेको हो । छैटौं स्थानमा उक्लिएको नेपालको अंकतालिकामा ३० अंक पुगेको छ भने ७ औं स्थानमा झरेको क्यानडाको २८ अंक छ ।

छैटौं स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मन्यता जोगिएको ठानिएको छ ।

लिग-२ को अंक तालिकाको शिर्ष ६ भित्र रहने टोलेको ओडिआई मान्यता रहने व्यवस्था रहेको बताइएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय क्रीकेट परिषद आईसीसीले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन ।

क्रीकेट अधिकारिका अनुसार आईसीसीले यसबारे चाँडै घोषणा गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार