Oct 22 2026 | २०८३, कार्तिक ६ गते

२०८३, कार्तिक ६ गते

'पेन्सन पट्टा, को कमाई १० करोड नाघ्यो, अरु फिल्मको कती ?

सोमवार , कार्तिक ३, २०८३

फिल्म 'पेन्सन पट्टा' ले बक्स अफिसमा १० करोड बढी कमाई गरेको छ ।

चलचित्र विकास बोर्डले पछिल्लो पटक सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार माओत्से गुरुङको निर्देशनमा रहेको फिल्म 'पेन्सन पट्टा' ले १० करोड ७३ लाख ८२८ रिपैयाँ ग्रस व्यापार गरेको छ ।

यो सँगै पेन्सन पट्टा यो वर्ष धेरै कमाउने दोस्रो नेपाली फिल्म बनेको छ । यो अवधिमा यो फिल्मको ३ लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन् ।

यो वर्षको धेरै कमाउने नेपाली फिल्म गौथली बनेको छ । गौथलीले २६ करोड २ लाख ८७ हजार २९०.२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा गौथलीका ९ लाख ४४ हजार ६८५ टिकट वितरण भएका छन् ।

"एक बा एक योद्धा" को ले ३ करोड ४५ लाख १८ हजार ७९८.५६ रुपैयाँ ग्रसको व्यापार गरेको छ ।

"पार्वती" ले २ करोड २९ लाख ८८ हजार ९२३ रुपैयाँ ग्रसको व्यापार गरेको छ भने आचार्यले १ करोड ६२ लाख ९१ हजार १४६ रुपैयाँँ ग्रसको व्यापार गरेको छ ।

झिगे दाउँ-२ ले एक करोड ४६ लाख ३० हजार ५६६, इलिफेन्ट इन द फगले एक करोड ३१ लाख ८७ हजार ८८५ रुपैया र अक्षराले १० लाख २९ हजार २०६ रुपैयाँ ग्रसको व्यापार गरेका छन् ।

सम्बन्धित समाचार