अमेरिकाले मध्यावधि निर्वाचनपछि पुनः इरानमाथी आक्रमण गर्ने तयारी गरिरहेको बेला तेहरानले भने कडा चेतावनी दिएको छ ।
अमेरिका र इजरायलले इरानको उर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरि छोटो तथा तीव्र कारबाहीको तयारी गरिरहेको जनाइएको छ ।
इरानी रेभुलुसनरी गार्डका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग 'सबै बमकी आमा' भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा 'सबै बमका बाउ' देखाउने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउण्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गरेको भन्ने प्रतिवेदनपछि इरानले यस्तो चेतावनी दिएको हो ।
यद्यपि विशेषज्ञहरुले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शंका व्यक्त गरेका छन् । ट्रम्पले यो नयाँ आक्रमणलाई स्वीकृति दिन्छन कि दिदैँनन भन्ने भने स्पष्ट भइनसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अ
मेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमान वाहक युद्धपोत, हजारौं नौ सैनिक, लडाकु विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ ।
यसैबीच इरानी राष्ट्रपती मसुद पेजेस्कियानले दबाब र धम्कीका बीच आफ्नो देश दृढ रहेको बताए ।