Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

रुकुमको सानीभेरी नदीमा दुई युवतीको शव फेला, एक बेपत्ता

मंगलवार , फाल्गुण २६, २०८२

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका– ३ भाग्ले नजिकै सानो भेरी नदीमा दुई युवतीको शव फेला परेको छ । 

शव फेला पर्नेमा बाफीकोट गाउँपालिका– ३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । 

उनका अनुसार आज बिहान दुई फरक–फरक स्थानमा भेरी नदी किनारामा उनीहरुको शव तैरिएको अवस्थामा फेला परेको हो । सोमबार बेलुका तीन जना किशोरीहरु छिमेकी गाउँको विवाहमा जान भनेर घरबाट निस्किएका थिए । 

विवाहबाट फर्किने क्रममा उनीहरु बेपत्ता भएका थिए । उनीहरुको साथमा गएकी १३ वर्षीया सपना ओली अवस्था भने अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए । 

घटनास्थलमा प्रहरी टोली परिचालन गरिनुको साथै आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार