Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

काठमाडौं विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा, बाहिर ननिस्किन आग्रह

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । काठमाडौं सहित देशका विभिन्न भूभागमा तुवालोका कारण आकाश धुम्म्एिको छ । 

पछिल्ला केही दिनदेखि मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् र देशभर वायुप्रदुषणको स्तर उच्च रहेको छ । विशेष गरी देशको पूर्वी भागमा वायुमण्डलमा अत्याधिक प्रदूषण भरिएको छ । सोही कारण राजधानी काठमाडौं विश्वकै प्रदूषित शहरको १० सूचीको भित्र परेको छ । 

वायुको गणनास्तर मापनको आधारमा यस्तो सूची सार्वजनिक गर्ने आइक्युएयरका अनुसार विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा काठमाडौं रहेको छ । काठमाडौंको हावाको गुणस्तर १८४ भन्दा माथि छ । काठमाडौंसँगै इलामा पनि प्रदूषित सहरभित्र परेको छ । दाङको देउखुरी, भैसेपार्टी, भक्तपुर, रत्नपार्क, खुमलटार, कीर्तिपुर सबैभन्दा प्रदूषित रहेको छ । 

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर यी ठाउँमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो ।

जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले यतिबेला विराटनगर पनि अत्यधिक प्रदुषित शहरमा उक्लिएको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ एयर क्वालिटी ६०७ देखाएको छ। यो अत्यधिक घातक अवस्था हो।’ उनका अनुसार भारतको बिहार र सो वरिपरि अत्यधिक प्रदूषण हुँदा त्यसको असर नेपालमा पनि देखिएको छ।

 

सम्बन्धित समाचार