Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

१५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकप्टरमा संकलन गरिने

बुधवार , फाल्गुण २०, २०८२

निर्वाचन आयोगले मतपेटिका हेलिकप्टरबाट गणनास्थल पुर्याइने जनाएको छ । 

बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमार्फत् पत्रकार कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट मत पेटिका संकलन गरी गणनास्थल पुर्याइने जानकारी दिए । 

उनले भने, “ताप्लेजुङदेखि दार्चुला सम्मका १५ जिल्लाका ६१ स्थानबाट मतदानपछिका ब्यालेट बक्स हेलिबाट संकलन हुन्छ । अरु सवारी साधनबाट हुन्छ । त्यसका लागि ढुवानीको रकम जिल्ला निर्वाचन कार्यालयमा पठाइएको छ । सबै सुरक्षा निकायको समन्वयमा मतपत्रसहितको मत पेटिका ल्याइन्छ ।”

उनका अनुसार डोल्पाका २३ र हुम्लाका ४ स्थानमा हेलीबाट मतपत्र, मतपेटिका कर्मचारी र सुरक्षाकर्मी पनि हेलिकप्टरबाट पठाइएको उनले बताए । 

 

सम्बन्धित समाचार