रसुवाको भोटेकोशीमा गएको बाढीमा बेपत्ता भएका मध्ये १ हजार ३५६ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
रसुवामा १६९, तनहुँमा ३८, नुवाकोटमा १९७, चितवनमा ३६३, धादिङमा ७०, गोरखामा ७५, , नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका हुन् ।
प्राधिकरणका अनुसार ४ हजार ९ सय ९४ जना सम्पर्क विहिन रहेका छन् भने हालसम्म सरकारले १३ हजार ३९३ जनालाई उद्दार गरेको छ ।
६ हजार ६७६ घाइतेमध्ये २४२ जना डिस्चार्ज भैसकेका छन् । बाढी प्रवाहितहरुलाई राहत तथा उद्दार कार्यका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।