Sep 21 2026 | २०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

भोटेकोशी बाढी अपडेट :  १ हजार ३४१ जनाको शव फेला

आइतवार , भाद्र २१, २०८३

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार ५ बजे सम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ । 

प्रहरीका अनुसार जसमध्ये रसुवामा १ सय ६३ जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६९ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्‍चिम २ सय २० जना गरी १ हजार ३ सय ३९ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ४४ वटा शव व्यवस्थापन (माटो मुनि गाडीएको ) गरिएको प्रहरीले जनाएको छ । 

शव पहिचानका लागि मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार १ सय ९५ गरी कुल २ हजार ३ सय ७६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । 

हालसम्म बेपत्ता भएका ४ हजार १ जनाको खोजी कार्य भइरहेको र विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार